चलचित्र ‘सुगुप’ दुबईमा प्रदर्शन हुँदै



काठमाडौं । याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ दुबईमा प्रदर्शन हुने भएको छ । लोकेन साँबाको निर्देशन रहेको चलचित्र ‘सुगुपू यही मार्च ३० मा यूएईको स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा प्रदर्शन हुने भएको हो ।

चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । लोकेन साँबा निर्देशित यो चलचित्रको गीतमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ र सुमन लिम्बूले स्वर दिएका छन् भने संगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।

पटकथा, संवाद देवेन्द्र खापुङ ‘सुर्केली’को रहेको ‘सुगुप’को छायाँकन युवराज राई ‘वीरवहादुर’ले गरेका छन् ।
रविनकुमार नाल्बोको निर्माण तथा प्रस्तुती रहेको यस चलचित्रमा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो र स्वर्गीय रामप्रसाद पन्दाक निर्माता रहेका छन् ।

नेपाल राष्ट्रिय चलचित्र पुरस्कार – २०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड प्राप्त गर्न सफल फिल्म ‘सुगुप’ लिम्बू समुदायको संस्कारलाई लक्षित गररे बनेको नेपाली चलचित्र हो । यो चलचित्र स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।

अब यो चलचित्र दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा आउने मार्च ३० मा प्रदर्शन हुँदैछ । यो चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई लोकेन साँवाले निर्देशन गर्नु भएको हो ।

यो चलचित्रमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूले श्वर दिएका छन् । पार्शसंगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ । पटकथा संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ को छ भने छायाँङकन युवराज राई ‘वीरवहादुर’ को रहेको छ ।

यो चलचित्र मुख्य निर्माता र प्रस्तुतकर्तामा रविनकुमार नाल्बो, निर्मातामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्मातामा माननीय एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, स्वर्गीय रामप्रसाद पन्दाक रहनु भएको छ ।

प्रकाशित मिति : 8:12 am

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते