ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न अर्थमन्त्री समक्ष भट्टराईको माग 



ताप्लेजुङ। नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । भट्टराईले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गर्नु भएको हो । 

ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता उहाँले बताउनुभएको छ । यस्तै उहाँले ताप्लेजुङमा पान नम्बरमा दर्ता भएका पाँच हजार ९२६ जना व्यक्ति विभिन्न व्यावसायी भएको जानकारी गराउँनुभएको छ । 

उक्त व्यावसायीहरूबाट आन्तरिक राजश्व, मूल्य अभिवृद्धि कर, आन्तरिक शुल्क गरी वार्षिक ४० करोड रुपियाँको हाराहारीमा राजश्व सङ्कलन हुने भएकाले उहाँहरूको सहजताका लागि र हौसला बढाउनका लागि पनि ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना हुनुपर्ने माग राख्नुभएको छ । 

यस्तै ताप्लेजुङ जडिबुटी, छुर्पी उत्पादन, पर्यटन तथा जलविद्युत क्षेत्रमा व्यवसाय विस्तार हुने प्रचुर सम्भावना रहेको जिल्ला भएका कारण यहाँको राजश्व वृद्धि पनि स्वभावैले हुने भएकाले करदाता बढाउन, राज्यबाट प्रदान गरिने सुविधालाई सहज बनाउन कार्यालय स्थापनाको आवश्यकता रहेको उहाँको भनाई छ । 

ताप्लेजुङमा करदाता सेवा कार्यालय नहुँदा पाँचथरको फिदिम जानुपर्ने बाध्यता रहेको छ । भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : 10:51 am

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी