ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न अर्थमन्त्री समक्ष भट्टराईको माग 



ताप्लेजुङ। नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । भट्टराईले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गर्नु भएको हो । 

ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता उहाँले बताउनुभएको छ । यस्तै उहाँले ताप्लेजुङमा पान नम्बरमा दर्ता भएका पाँच हजार ९२६ जना व्यक्ति विभिन्न व्यावसायी भएको जानकारी गराउँनुभएको छ । 

उक्त व्यावसायीहरूबाट आन्तरिक राजश्व, मूल्य अभिवृद्धि कर, आन्तरिक शुल्क गरी वार्षिक ४० करोड रुपियाँको हाराहारीमा राजश्व सङ्कलन हुने भएकाले उहाँहरूको सहजताका लागि र हौसला बढाउनका लागि पनि ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना हुनुपर्ने माग राख्नुभएको छ । 

यस्तै ताप्लेजुङ जडिबुटी, छुर्पी उत्पादन, पर्यटन तथा जलविद्युत क्षेत्रमा व्यवसाय विस्तार हुने प्रचुर सम्भावना रहेको जिल्ला भएका कारण यहाँको राजश्व वृद्धि पनि स्वभावैले हुने भएकाले करदाता बढाउन, राज्यबाट प्रदान गरिने सुविधालाई सहज बनाउन कार्यालय स्थापनाको आवश्यकता रहेको उहाँको भनाई छ । 

ताप्लेजुङमा करदाता सेवा कार्यालय नहुँदा पाँचथरको फिदिम जानुपर्ने बाध्यता रहेको छ । भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : 10:51 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा