आगोबाट बच्नलाई भाग्दा एक वृद्धको लडेर मृत्यु 



ताप्लेजुङ । ताप्लेजुङमा लडेर एक वृद्धको मृत्यु भएको छ । आगोबाट बच्नलाई भागेका वृद्धको बारीको डिलबाट लडेर मृत्यु भएको हो । 

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ७५ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार तामाङको खुट्टामा आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले पोलेको थियो ।

आगोले खुट्टा पोले पछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उहाँ लड्नु भएको थियो । लडेर तामाङ ७–८ मिटर तल झरेको प्रहरीको भनाइ छ ।  प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : 5:51 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान