आगोबाट बच्नलाई भाग्दा एक वृद्धको लडेर मृत्यु 



ताप्लेजुङ  ताप्लेजुङमा लडेर एक वृद्धको मृत्यु भएको छ । आगोबाट बच्नलाई भागेका वृद्धको बारीको डिलबाट लडेर मृत्यु भएको हो । 

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ७५ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार तामाङको खुट्टामा आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले पोलेको थियो ।

आगोले खुट्टा पोले पछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उहाँ लड्नु भएको थियो । लडेर तामाङ ७–८ मिटर तल झरेको प्रहरीको भनाइ छ ।  प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : 5:51 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा