आगोबाट बच्नलाई भाग्दा एक वृद्धको लडेर मृत्यु 



ताप्लेजुङ  ताप्लेजुङमा लडेर एक वृद्धको मृत्यु भएको छ । आगोबाट बच्नलाई भागेका वृद्धको बारीको डिलबाट लडेर मृत्यु भएको हो । 

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ७५ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार तामाङको खुट्टामा आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले पोलेको थियो ।

आगोले खुट्टा पोले पछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उहाँ लड्नु भएको थियो । लडेर तामाङ ७–८ मिटर तल झरेको प्रहरीको भनाइ छ ।  प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : 5:51 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर