पाथिभरा मन्दीरमा फागुन महिनामा १३ लाख भेटी संकलन



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा गणना गरेको १३ लाख रुपैयाँ भेटी रकम सार्वजनिक गरेको छ । फागुन महिना अवधिभरमा १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी गणना गरी विभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार हरेक महिना गणना गरेको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गरिएको हो । उहाँका अनुसार गत वर्षको फागुनको तुलनामा यस वर्षको फागुनमा ४२ लाख रुपियाँ कम भेटी संलकन भएको छ । गत आर्थिक वर्षको फागुनमा करिब ५५ लाख रुपैयाँ बढी भेटी सङ्कलन भएको थियो ।

पाथीभराको नाम तथा निर्माणको प्रक्रियामा रहेको केबलकार विवादले दर्शनार्थीको सङ्ख्या घट्दै गएकाले भेटी रकम पनि घटेको कार्यकारी निर्देशक हाङबाङको भनाई छ । समितिका अनुसार गत महिनाको तुलनामा यस वर्षको केही महिना अघि देखि नै भक्तजनको सङ्ख्या घट्दै आइरहेको ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरि कार्यालयमा ल्याएर गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

घट्यो तीर्थयात्रीको सङ्ख्या
फागुनमा महिनामा ७ हजार ४ सय २८ जना तीर्थयात्रीले मात्र दर्शन गरेका छन् । समितिका अनुसार गत आवको फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिनप्रतिदिन ह्रास आएको समितिको भनाइ छ । मन्दिर दर्शनका आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकाम सहित मेची राजमार्ग तथा तमोर करिडोर आसपासका व्यवसायीहरू समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : 5:42 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय