पाथीभरा याङवरक गाउँपालिकाद्धारा पत्रकार खगेन्द्र अधिकारीसहित कर्मचारी, कृषक पुरस्कृत



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारीलाई मङ्गलवार ३३ हजार ३ सय ३४ रुपैयाँ नगद सहित पुरस्कृत गरेको छ । स्थानीय तहको आठौँ स्थापना दिवसको अवसर पारेर पालिकाले पत्रकार अधिकारी सहित कार्य सम्पादनमा जिम्मेवार र जवाफदेहि बन्ने एक सर्वोत्कृष्ट कर्मचारी, तीन उत्कृष्ट कर्मचारी र ४ उत्कृष्ट कृषकलाई पुरस्कृत एवम् सम्मानित गरेको हो । 

पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार सार्वजनिक सेवा प्रवाहलाई खोजमूलक, विश्लेषणात्मक र तथ्यपरक ढङ्गले प्रस्तुत गरी स्थानीय तहलाई जनमैत्री, विश्वसनीय र उत्तरदायीपूर्ण बनाउन भूमिका खेलेको भन्दै पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको छ । २०५६ साल देखि विराटनगरबाट पत्रकारिता सुरु गरेका अधिकारी २०५८ सालदेखि ताप्लेजुङमा रहेर पेसेवर पत्रकारको रुपमा क्रियाशील छन् । 

पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहेका अधिकारी लामो समय देखि नागरिक दैनिकमा आबद्ध छन् । उनी ताप्लेजुङबाट प्रकाशित हुने दैनिक पत्रिका उज्यालो पोष्टका सम्पादक समेत हुन् । स्थानीय तहले कार्य सम्पादन गरेका गतिविधि, चालेका कदम, देखिएका समस्या, सेवाग्राहीको माग, स्थानीय तहले निर्माण गरेका ऐन, नियम र कार्यविधि समेतका विषयमा समेत पत्रकार अधिकारी रिपोर्टिङ गर्छन् । 

स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका आधारमा कार्यपालिकाले निर्णय गरे बमोजिम पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको पालिका अध्यक्ष सुब्बाले जानकारी दिए । यस्तै सर्वोत्कृष्ट कर्मचारीतर्फ पालिकाका रोजगार संयोजक इक्साहाङ सुब्बा २० हजार रुपैयाँ  सहित पुरस्कृत भए । 

उत्कृष्ट कर्मचारीतर्फ पालिकाका शिक्षा शाखाका प्राविधिक अर्जुन श्रेष्ठ, सिनियर अनमी बसन्ता साँवा र पाथीभरा याङवरक वडा नं ३ तिरिङ्गेका कार्यालय सहयोगी लक्ष्मीप्रसाद डाँगी जनही नगद १३ हजार ३ सय ३३ रुपैयाँ सहित पुरस्कृत भएका छन् । यता कृषक तर्फ पाथीभरा याङवरक १ नाङखोल्याङका प्रकाश राई, वडा नं. २ थेचम्बुका  लक्ष्मी कटुवाल र वडा नं ३ तिरिङ्गेका राजकुमार इजम र पदमजंग लिम्बू जनही ५० हजार रुपैयाँ सहित पुरस्कृत भएका छन् । 

पुरस्कृत एवम् सम्मानित हुनेहरूलाई पालिका अध्यक्ष सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सुब्बाले जनमैत्री सेवाप्रवाहले सरकारको प्रभावकारितामा वृद्धि हुने विश्वास व्यक्त गरे । किसानलाई व्यवसायमुखी बनाउन तथा अर्गानिक खेती प्रणाली र कृषक पेशालाई संस्थागत र आत्मनिर्भर बनाउने कुरामा सहयोग गर्न यस्ता सम्मानले थोरै भएपनि सहयोग पुग्ने विश्वास लिए ।

पालिका उपाध्यक्ष गुरुङले सम्मान तथा पुरस्कारको मर्मलाई आत्मसाथ गर्दै स्थानीय सरकारको सेवा प्रवाह थप प्रभावकारी बनाउन पुरस्कृत व्यक्तित्वले आगामी भूमिका समेत उत्तिकै रचनात्मक तवरबाट निर्वाह हुने विश्वास व्यक्त गरिन् । २०७३ साल फागुन २७ गते स्थानीय तह स्थापना भएका हुन् । स्थानीय तहले हरेक बर्षको फागुन २७ लाई स्थापना दिवसको रुपमा मनाउने गर्छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार १५:५०

ताप्लेजुङमा मर्यादित होली मनाउन जिल्ला प्रशासनको आग्रह

ताप्लेजुङ। ताप्लेजुङमा जबरजस्ती नगरी होली खेल्न आग्रह गरिएको छ ।

ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख क्षति

ताप्लेजुङ । ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख रुपियाँको क्षति

स्ववियु पाथीभरा क्याम्पसको २ वर्षे कार्यप्रगति : प्राथमिक उपचारको व्यवस्था देखि छात्रवृत्ति सम्मको पहल

ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पाथीभरा क्याम्पसले आफ्नो प्रगति

पाथिभरा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा तिलकुमार जोगी निर्वाचित

ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पाथीभरा बहुमुखी क्याम्पस

पाथीभरा याङवरक गाउँपालिकाद्धारा पत्रकार खगेन्द्र अधिकारीसहित कर्मचारी, कृषक पुरस्कृत

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारीलाई