मेरिङदेन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको स्थानीय तह मध्ये मेररिङ्देन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ ।  एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठवटा स्थानीय तहलाई पछि पार्दै मेरिङदेन गाउँपालिका पहिलो भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजामा मेरिङदेन गाउँपालिका प्रथम भएको छ । गाउँपालिकाले ६९.१४ अङ्क प्राप्त गर्दै ताप्लेजुङमा पहिलो भएको हो । यस अघिको प्रारम्भिक नतिजामा भने पाथिभरा याङवरक गाउँपालिका प्रथम भएको थियो । प्रारम्भिक नतिजामा पाथिभरा याङवरक गाउँपालिकाले ६७.६ अङ्क प्राप्त गरेको थियो भने अन्तिम नतिजामा ६७.६५ अङ्क प्राप्त गर्दै दोश्रो भएको छ । 

यस अघिको प्रारम्भिक नतिजामा भने मेरिङदेन गाउँपालिकाले ४६.१ अङ्क प्राप्त गर्दै आठौँ भएको थियो । अन्तिम नतिजामा छ वटा वडा रहेको मेरिङदेन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुँदा सिदिङ्वा गाउँपालिका अन्तिम भएको छ । सिदिङ्वा गाउँपालिकाले ४५.७२ अङ्क प्राप्त गरेको छ । प्रारम्भिक नतिजामा पनि यो गाउँपालिका ४५.७ अङ्क  प्राप्त गर्दै अन्तिम भएको थियो ।

यस अघि प्रारम्भिक नतिजामा दोस्रो भएको मैवाखोला गाउँपालिका तेस्रो भएको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजा प्रतिवेदन अनुसार मैवाखोला ६४.६२ अंक प्राप्त गरेर तेस्रो भएको छ । यस अघिको प्रारम्भिक नतिजामा गाउँपालिकाले ६४.६ अङ्क प्राप्त गरेको थियो । यस्तै ५८.६० अङ्क प्राप्त गरेर आठराई त्रिवेणी गाउँपालिका चौथो भएको छ । यस अघिको प्रारम्भिक नतिजामा भने ५८.७ अङ्क प्राप्त गरेर तेस्रो भएको थियो । 

भूगोलको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका फक्ताङलुङले ५८.६० नतिजा प्राप्त गर्दै पाचौं भएको छ । यस अघिको प्रारम्भिक नतिजामा ५८.६ अङ्क प्राप्त गरी चौथो भएको थियो । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका ५६.४३ अङ्क प्राप्त गरी छैटौँ भएको छ । प्रारम्भिक नतिजामा भने ५७ अङ्कका प्राप्त गरि पाचौँ भएको थियो । त्यस्तै प्रारम्भिक मूल्याङ्कनमा छैटौँ भएको सिरिजङ्घा गाउँपालिका ५६.४३ अंक प्राप्त गरी सातौँ भएको छ । यस अघिले सिरिजङ्घाले ५६.४ अङ्क प्राप्त गरेको थियो । 

यसैगरी, कार्यसम्पादनको अन्तिम नतिजामा मिक्वाखोला गाउँपालिका ४९.४५ अङ्क प्राप्त गरी आठौँ भएको छ । प्रारम्भिक नतिजामा मिक्वाखोला गाउँपालिकाले ४६.१ अङ्क प्राप्त गरेको थियो । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी आयोगले नतिजा सार्वजनिक गरेको हो । वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सूचकहरूमा लेखापरीक्षण, बेरुजु फछ्र्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलन, विद्यार्थी भर्ना साथै टिकाउ दर, आयोगले तयार पारेको विद्युतीय अनलाई पोर्टलमा कार्यसम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे नगरेको लगायत रहेका छन् । 

आयोगले स्थानीय तह सरकारहरुले प्राप्त गरेको अन्तिम नतिजा फागुन २५ गते  सार्वजनिक गरेको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अङ्क  माघ ३० गने प्रकाशित गरी ७ दिनको समय दिई पुनरावलोकन गर्न सूचना प्रकाशन गरेको थियो । उक्त अवधिमा प्राप्त निवेदनका आधारमा आयोगले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

प्रकाशित मिति : 11:15 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका