सान्थाक्रामा मृत फेला परेका युवकलाई ट्रकले ठक्कर दिएको पुष्टि, चालक पक्राउ



ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रमा मृत फेला परेका युवकको मृत्यु ट्रकको ठक्करबाट भएको पुष्टि भएको छ । ठक्कर दिने ट्रक चालक सुन्दर हरैँचा नगरपालिका वडा नं. ५ मोरङ निवासी सन्जित कामी पक्राउ परेका छन् ।

गत फागुन २१ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रा निबासी ४० वर्षीय हर्कबिर केदेम (दिपेश)लाई बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको थियो । उहाँलाई मालबाहक गाडीले किचेको अनुमान गरिएको थियो ।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार केदेमको मृत्यु गत फागुन २० गते साँझ प्र.१-०२-००१ ख ९३३४ नम्बरको ट्रकले ठक्कर दिएका कारण भएको पुष्टि भएको हो । मृतक केदेम फेला परेको दिन देखि नै सो रुटमा आवतजावत भएका सवारी साधनहरूको चेकजाँच गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।

सोही क्रममा शनिबार ट्रक चालक कामी पक्राउ परेका हुन् । चालक कामीलाई अहिले जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृतक केदेमलाई टाउको र पेटको भाग छताछुल्ल अवस्थामा फेला पारिएको थियो ।

प्रकाशित मिति : 5:31 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ