ताप्लेजुङमा सवारी कारबाहीबाट ४ लाख ७७ हजार बढि राजश्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट ४ लाख ७७ हजार बढि राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा ४ लाख ७७ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको हो ।

छ सय ३४ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त रकम बराबरको राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक निरीक्षक टङ्क प्रसाद दाहालले जानकारी दिनुभएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षको माघ महिना सम्ममा सबैभन्दा धेरै दुई सय ५६ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

यस्तै सबैभन्दा थोरै एक वटा माम बस कारबाहीमा परेको छ । यो सँगै १५ मालबाहक ट्रक, छ ट्रिपर, दुई सय ५० कार साथै जिप, ६२ ट्रयाक्टर, ३६ अटो र अन्य आठ गरी जम्मा छ सय ३८ सवारी साधन कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षमा एक हजार ३०० सवारी साधन कारबाहीमा पर्दा सात लाख ४७ हजार रुपियाँ राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७/८० मा भने एक हजार ३१० सवारी साधन कारबाही पर्दा ८ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ ।

घट्यो सवारी दुर्घटना र मृतक सङ्ख्या
चालु आर्थिक वर्षको सात महिना अर्थात माघ सम्ममा ७ सवारी साधन दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आर्थिक वर्षमा १९ सवारी साधन दुर्घटनामा परेका थिए । आर्थिक वर्ष ७९/८० मा भने २० सवारी साधन दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै सवारी साधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या पनि घट्दो अवस्था रहेको छ । चालु आर्थिक वर्षको माघ महिना सम्ममा ताप्लेजुङमा सवारी साधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा भने सवारी साधन दुर्घटनाबाट चार जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ७९/८० मा सवारी दुर्घटनाबाट नौं जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको भनाई छ ।

साथै चालु आर्थिक वर्षको माघ महिना सम्ममा सवारी साधन दुर्घटनाबाट १० जना घाइते भएको छन् । गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ३० जना घाइते भएका थिए भने आर्थिक वर्ष ७९/८० मा सवारी दुर्घटनाबाट २३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : 6:56 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ