चिनियाँ सरकारलाई फुङलिङ–टिप्ताला सडक कालोपत्रेका लागि प्रस्ताव गर्न सांसद योगेश भट्टराईको आग्रह



ताप्लेजुङ। ताप्लेजुङको सदरमुकामदेखि चीनको सीमावर्ती क्षेत्रसम्मको सडक कालोपत्रेका लागि पहल गर्न माग गरिएको छ । प्रतिनिधिसभाका सांसद, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा समक्ष डकुमेन्ट बुझाउँदै पहल कदमी अगाडि बढाउन माग गर्नु भएको हो । 

सदरमुकाम फुङलिङ बजारदेखि टिप्तालासम्मको ८५ किलोमिटर सडक बिस्तार तथा कालोपत्रेका लागि नेपाल सरकारको तर्फबाट चिनियाँ सरकारसँगको छलफल अघि बढाउन सांसद भट्टराईले माग गर्नु भएको छ । कालोपत्रेसँगै पुलहरुको निर्माणका लागि चिनियाँ सरकारको सहयोग लिन उहाँले आग्रह गर्नुभएको हो । ताप्लेजुङका सांसदत्रय भट्टराई, उर्मिला थेवे र लिलादेवी बोखिमले केही दिन अघि छलफल गरि सो प्रस्ताव आज मन्त्री राणा समक्ष पेश गरिएको सचिवालयले जनाएको छ । 

गत मंसिर २९ गते प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा नेतृत्वको टोली र चिनियाँ पक्षबीच छलफल भएको थियो । सो छलफलमा नेपाल सरकारले चिनियाँ सरकारसँग अनुरोध गरे आफूहरू सडक स्तरोन्नति लगायतको प्रक्रियाका लागि अघि बढ्ने वचन दिएको प्रजिअ शर्माले बताउनुभयो । नेपालले चिनियाँ सरकारलाई अनुरोध गरे प्रक्रिया अघि बढाउने वचन पाएसँगै गृहमन्त्रालयलाई यसअघि नै जानकारी गराएको समेत प्रजिअ शर्माले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तयार पारेको विवरण विहीबार सांसद भट्टराईलाई उपलब्ध गराएको शर्माले जानकारी दिनुभयो । सोही अनुसार सांसद भट्टराईले तत्काल प्रस्ताव अघि बढाउन आग्रह गर्नु भएको छ । 

अहिले हिउँदयामको सिजनमा टिपताला सम्म सहज रुपमा सवारी साधन पुगेपनि बर्खायाममा ठप्प हुने सम्भावना रहेको छ । सोही सडक खण्ड अन्तर्गत सुकेपानी क्षेत्रमा बेलिब्रिज निर्माणको कार्य भने सुरु गरिएको छ । जुन बेलिब्रिज निर्माण सम्पन्न भए बर्खायाममा समेत ओलाङचुङगोला सम्म सवारी साधन चल्न सक्ने बताइएको छ । 

प्रकाशित मिति : 9:44 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर