चिनियाँ सरकारलाई फुङलिङ–टिप्ताला सडक कालोपत्रेका लागि प्रस्ताव गर्न सांसद योगेश भट्टराईको आग्रह



ताप्लेजुङ। ताप्लेजुङको सदरमुकामदेखि चीनको सीमावर्ती क्षेत्रसम्मको सडक कालोपत्रेका लागि पहल गर्न माग गरिएको छ । प्रतिनिधिसभाका सांसद, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा समक्ष डकुमेन्ट बुझाउँदै पहल कदमी अगाडि बढाउन माग गर्नु भएको हो । 

सदरमुकाम फुङलिङ बजारदेखि टिप्तालासम्मको ८५ किलोमिटर सडक बिस्तार तथा कालोपत्रेका लागि नेपाल सरकारको तर्फबाट चिनियाँ सरकारसँगको छलफल अघि बढाउन सांसद भट्टराईले माग गर्नु भएको छ । कालोपत्रेसँगै पुलहरुको निर्माणका लागि चिनियाँ सरकारको सहयोग लिन उहाँले आग्रह गर्नुभएको हो । ताप्लेजुङका सांसदत्रय भट्टराई, उर्मिला थेवे र लिलादेवी बोखिमले केही दिन अघि छलफल गरि सो प्रस्ताव आज मन्त्री राणा समक्ष पेश गरिएको सचिवालयले जनाएको छ । 

गत मंसिर २९ गते प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा नेतृत्वको टोली र चिनियाँ पक्षबीच छलफल भएको थियो । सो छलफलमा नेपाल सरकारले चिनियाँ सरकारसँग अनुरोध गरे आफूहरू सडक स्तरोन्नति लगायतको प्रक्रियाका लागि अघि बढ्ने वचन दिएको प्रजिअ शर्माले बताउनुभयो । नेपालले चिनियाँ सरकारलाई अनुरोध गरे प्रक्रिया अघि बढाउने वचन पाएसँगै गृहमन्त्रालयलाई यसअघि नै जानकारी गराएको समेत प्रजिअ शर्माले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तयार पारेको विवरण विहीबार सांसद भट्टराईलाई उपलब्ध गराएको शर्माले जानकारी दिनुभयो । सोही अनुसार सांसद भट्टराईले तत्काल प्रस्ताव अघि बढाउन आग्रह गर्नु भएको छ । 

अहिले हिउँदयामको सिजनमा टिपताला सम्म सहज रुपमा सवारी साधन पुगेपनि बर्खायाममा ठप्प हुने सम्भावना रहेको छ । सोही सडक खण्ड अन्तर्गत सुकेपानी क्षेत्रमा बेलिब्रिज निर्माणको कार्य भने सुरु गरिएको छ । जुन बेलिब्रिज निर्माण सम्पन्न भए बर्खायाममा समेत ओलाङचुङगोला सम्म सवारी साधन चल्न सक्ने बताइएको छ । 

प्रकाशित मिति : 9:44 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी