फुङ्लिङ १० मा महिला लक्षित ५ दिने उद्‍घोषण तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा ५ दिने उद्‍घोषण तथा भाषण कला सम्बन्धी तालिम सुरु भएको छ । वडाको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला लक्षित उक्त कार्यक्रम सोमबारबाट सुरु भएको हो ।

पाँच दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिममा ३० जना महिलाको सहभागिता रहेको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २३ गते सम्म सञ्चालन हुने तालिमको सहजीकरण पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले गर्नुहुने छ । महिलाहरूलाई वाक कलामा निपूर्ण बनाउन तालिम महत्वपूर्ण हुने भएकोले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष लिम्बूको भनाई छ ।

तालिमको उद्‌घाटन जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले गर्नुभएको हो । तालिम उद्‌घाटन समारोहमा फुङलिङ नगर कार्यपालिका सदस्य कमला खत्री र वडा सदस्य प्रेमबहादुर लिम्बू सहितको उपस्थिति थियो ।

प्रकाशित मिति : 6:45 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान