फुङ्लिङ १० मा महिला लक्षित ५ दिने उद्‍घोषण तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा ५ दिने उद्‍घोषण तथा भाषण कला सम्बन्धी तालिम सुरु भएको छ । वडाको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला लक्षित उक्त कार्यक्रम सोमबारबाट सुरु भएको हो ।

पाँच दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिममा ३० जना महिलाको सहभागिता रहेको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २३ गते सम्म सञ्चालन हुने तालिमको सहजीकरण पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले गर्नुहुने छ । महिलाहरूलाई वाक कलामा निपूर्ण बनाउन तालिम महत्वपूर्ण हुने भएकोले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष लिम्बूको भनाई छ ।

तालिमको उद्‌घाटन जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले गर्नुभएको हो । तालिम उद्‌घाटन समारोहमा फुङलिङ नगर कार्यपालिका सदस्य कमला खत्री र वडा सदस्य प्रेमबहादुर लिम्बू सहितको उपस्थिति थियो ।

प्रकाशित मिति : 6:45 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा