पहिलो सहिद कपको उपाधी मुकेश मेमोरियललाई




रेडियो काबेली
ताप्लेजुङ । पहिलो सहिद कपको उपाधी मुकेश मेमोरियल क्लब (एमएमसी) ले चुमेको छ । शनिबार नेकपा माओवादी केन्द्र सिरिजंघा गाउँपालिका वडा नं. ३ सिकैँचाको आयोजना भएको पहिलो सहिद कप पुरुष भलिबल प्रतियोगितामा कुञ्जारीलाई पराजित गर्दै एमएमसीले उपाधी चुमेको हो । सहिद सप्ताहको अवसरमा खेलाईएको प्रतियोगितामा विजेता भएसँगै एमएमसीले नगद १० हजार पाँच सय सहित प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको कुञ्जारी क्लबले नगद ५ हजार सहित प्रमाणपत्रमा चित्त बुझाएको छ ।


नेकपा माओवादी केन्द्र सिरिजंघा गाउँपालिका सह–सचिव हेमन्त पौडेलका अनुसार प्रतियोगितामा एमएमसी सहित फावाखोला स्पोर्टिङ क्लब, बोखिम स्पोर्टिङ क्लब, कुञ्जारी स्पोर्टिङ क्लब , तेल्लोक स्पोर्टिङ क्लब र हेन्छेबुङ स्पोर्टिङ क्लब गरि ६ वटा क्लबको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता सँगै ६ सहिद परिवारलाई सम्मान समेत गरिएको छ ।


सशस्त्र जनआन्दोलनको बखत सहिद भएका सिरिजंघा ३ सिकैँचाकाका तिर्थ नेपाल, अशोक निरौला, शिव कुमार काङवा, सन्तोष बुढाथोकी, इन्द्र पौडेल र कविराज योङ्हाङको परिवारलाई दोसल्ला एवं सम्मान पत्रले सम्मान गरिएको हो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज खेल प्रसाद बुढाक्षेत्री परागको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 9:16 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान