ताप्लेजुङको थेचम्बूमा आगलागी हुँदा दुई लाख बढिको क्षति



ताप्लेजुङ। ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा आगलागी हुँदा दुई लाख तीस हजार रुपियाँ बराबरको क्षति भएको छ । पाथिभरा याङवरक गाउँपालिका २ स्थित युवराज तामाङको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो ।

विद्युत सर्ट भई तामाङको ढुङ्गा माटो र बासको चित्राले बनेको खरको छाना भएको २ तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आगलागीको खबर पाउन साथ थेचम्बुबाट प्रहरी टोली खटि स्थानहरूको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर, लत्ताकपडा, भाडा वतन, अन्नपात सबै जलेर नष्ट भएको छ ।
यस्तै आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 7:18 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा