ताप्लेजुङको थेचम्बूमा आगलागी हुँदा दुई लाख बढिको क्षति



ताप्लेजुङ। ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा आगलागी हुँदा दुई लाख तीस हजार रुपियाँ बराबरको क्षति भएको छ । पाथिभरा याङवरक गाउँपालिका २ स्थित युवराज तामाङको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो ।

विद्युत सर्ट भई तामाङको ढुङ्गा माटो र बासको चित्राले बनेको खरको छाना भएको २ तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आगलागीको खबर पाउन साथ थेचम्बुबाट प्रहरी टोली खटि स्थानहरूको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर, लत्ताकपडा, भाडा वतन, अन्नपात सबै जलेर नष्ट भएको छ ।
यस्तै आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 7:18 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा