नेपाल बुद्धिजीवी परिषद ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन



ताप्लेजुङ । नेपाल बुद्धिजीवी परिषद ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनु भएको छ । शनिबार फुङलिङमा भएको सातौँ जिल्ला अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा सन्त वि क, सचिवमा माया तामाङ, उपसचिवद्वयमा भीष्म बराल र हरि कडरिया चयन हुनुभएको छ भने, कोषाध्यक्षमा राम बहादुर गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा भिमा लिङदेन, सरिता लिङदेन, नरेन्द्र गौतम, कुशलता सेन्दाङ, सञ्जीव मादेन, रामचन्द्र नेपाल, बलबहादुर राई र अन्जना लिम्बू चयन हुनुभएको नेकपा एमाले पर्यटन विभाग कोशी प्रदेशका सचिव मणि संखर पोमुले जानकारी दिनुभयो ।

नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय महासचिव गजेन्द्र प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनमा नेकपा एमाले पर्यटन विभाग कोशी प्रदेशका सचिव मणि संखर पोमु, नेकपा एमाले जिल्ला कमिटी सहसचिव गोपाल न्यौपाने साथै नेकपा एमाले सम्बद्ध नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाल बुद्धिजीवी परिषद नेकपा एमालेको भातृ सङ्गठन मध्येको एक सङ्गठन हो ।

प्रकाशित मिति : 6:52 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी