नेपाल बुद्धिजीवी परिषद ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन



ताप्लेजुङ । नेपाल बुद्धिजीवी परिषद ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनु भएको छ । शनिबार फुङलिङमा भएको सातौँ जिल्ला अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा सन्त वि क, सचिवमा माया तामाङ, उपसचिवद्वयमा भीष्म बराल र हरि कडरिया चयन हुनुभएको छ भने, कोषाध्यक्षमा राम बहादुर गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा भिमा लिङदेन, सरिता लिङदेन, नरेन्द्र गौतम, कुशलता सेन्दाङ, सञ्जीव मादेन, रामचन्द्र नेपाल, बलबहादुर राई र अन्जना लिम्बू चयन हुनुभएको नेकपा एमाले पर्यटन विभाग कोशी प्रदेशका सचिव मणि संखर पोमुले जानकारी दिनुभयो ।

नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय महासचिव गजेन्द्र प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनमा नेकपा एमाले पर्यटन विभाग कोशी प्रदेशका सचिव मणि संखर पोमु, नेकपा एमाले जिल्ला कमिटी सहसचिव गोपाल न्यौपाने साथै नेकपा एमाले सम्बद्ध नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाल बुद्धिजीवी परिषद नेकपा एमालेको भातृ सङ्गठन मध्येको एक सङ्गठन हो ।

प्रकाशित मिति : 6:52 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित