माओवादी केन्द्र सिदिङवा कमिटीको अध्यक्षमा अम्बर बहादुर लिम्बू 



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) सिदिङवा गाउँपालिका कमिटीको अध्यक्षमा अम्बर बहादुर लिम्बू चयन हुनुभएको छ ।  पालिका कमिटीको तेस्रो सम्मेलन तथा पालिका अधिवेशन मार्फत लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो । 

उपाध्यक्षमा गौरिमान लिम्बू, याम बहादुर बानियाँ र अमृता लिम्बू  चयन हुनुभएको छ । यस्तै सचिवमा किरण लिङ्देन, सहसचिवमा सनम थापा र  कोषाध्यक्षमा तेन्जित कार्की चयन हुने भएको नवनिर्वाचित सचिव किरण लिङ्देनले जानकारी दिनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, कोशी प्रदेश सभा संसदीय दल नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो सम्मेलन तथा अधिवेशनमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका नेताहरू पनि उपस्थित रहेको थियो । 

सम्मेलनमा उपस्थित सदस्यहरूलाई पार्टीको एकता र सङ्गठनात्मक शक्ति बढाउन आह्वान गर्दै आगामी दिनमा पार्टीले सामना गर्नुपर्ने चुनौतीहरूमा एकजुट भई काम गर्न आवश्यक रहेको प्रमुख अतिथि इन्द्र आङ्बोले बताउनुभयो । उहाँले स्थानीय स्तरमा पार्टीको प्रभाव बढाउन र जनताको आवश्यकता अनुरूप कार्यक्रमहरू लागू गर्न पनि जोड दिनुभयो । 

प्रकाशित मिति : 9:44 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश