माओवादी केन्द्र सिदिङवा कमिटीको अध्यक्षमा अम्बर बहादुर लिम्बू 



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) सिदिङवा गाउँपालिका कमिटीको अध्यक्षमा अम्बर बहादुर लिम्बू चयन हुनुभएको छ ।  पालिका कमिटीको तेस्रो सम्मेलन तथा पालिका अधिवेशन मार्फत लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो । 

उपाध्यक्षमा गौरिमान लिम्बू, याम बहादुर बानियाँ र अमृता लिम्बू  चयन हुनुभएको छ । यस्तै सचिवमा किरण लिङ्देन, सहसचिवमा सनम थापा र  कोषाध्यक्षमा तेन्जित कार्की चयन हुने भएको नवनिर्वाचित सचिव किरण लिङ्देनले जानकारी दिनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, कोशी प्रदेश सभा संसदीय दल नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो सम्मेलन तथा अधिवेशनमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका नेताहरू पनि उपस्थित रहेको थियो । 

सम्मेलनमा उपस्थित सदस्यहरूलाई पार्टीको एकता र सङ्गठनात्मक शक्ति बढाउन आह्वान गर्दै आगामी दिनमा पार्टीले सामना गर्नुपर्ने चुनौतीहरूमा एकजुट भई काम गर्न आवश्यक रहेको प्रमुख अतिथि इन्द्र आङ्बोले बताउनुभयो । उहाँले स्थानीय स्तरमा पार्टीको प्रभाव बढाउन र जनताको आवश्यकता अनुरूप कार्यक्रमहरू लागू गर्न पनि जोड दिनुभयो । 

प्रकाशित मिति : 9:44 am

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला