विद्यार्थी बिरामी भएपछि मेरिङदेनका दुई विद्यालय बन्द




रेडियो काबेली
ताप्लेजुङ । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय बन्द गरिएको हो । त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल लिम्बूका अनुसार ३०० भन्दा बढि विद्यार्थीहरुमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने लक्षण देखिएकोले तीन दिनको लागि विद्यालय बन्द गरिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थी सँगै ४ जना शिक्षकमा उक्त लक्षण देखा परेको छ । यस्तै जन ज्योति आधारभूत विद्यालयमा भने सत प्रतिशतमा उक्त लक्षण देखा परेको बताइएको छ । विद्यालय सँगै समुदाय स्तरमा नै उक्त प्रकारको लक्षण देखा पर्न थाले पछि एक हप्ताको लागि विद्यालय बन्द गर्ने कुरा आए पनि एसईईलाई मध्यनजर गर्दै तीन दिनसम्मको लागि मात्र विद्यालय बन्द गरिएको प्रअ लिम्बूले बनाउनुभयो ।

विद्यालयबाट सूचना प्राप्त भए लगत्तै जनसमुदाय तथा अन्य विद्यालयमा पनि सङ्क्रमण फैलन नदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गाउँपालिकाले गरेरको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदय कुमार यादवले जानकारी दिनुभयो । विद्यालयमा उपस्थित नभएका विद्यार्थीमा पनि ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखा परेको उहाँको भनाई छ । भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणको कारणले यस्तो अवस्था हुनसक्ने यादवले बताउनुभयो ।


इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाउने र रिपोर्ट आएपछि मात्र के समस्या हो भन्ने थाहा हुने यादवको भनाई छ । यस्तै थप सङ्क्रमण हुन नदिन गाउँपालिकाले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

प्रकाशित मिति : 8:53 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला