ताप्लेजुङको हाङपाङमा आगलागी हुँदा आठ लाखको क्षति



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङ स्थित इन्द्र बहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।

निरौलाको ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको ३ तले घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागी भएको भन्ने खबर पाउन साथ तत्काल प्रहरी चौकी हाङपाङबाट प्रहरी टोली खटाइ स्थानियहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा थियो ।

आगलागीबाट घर भित्र रहेको अन्त पात, भाडाबर्तन र लत्ताकपडा गरी आँठ लाख बराबरको क्षति भएको छ । यस्तै मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घर र धनी विगत ८/९ महिना अगाडिबाट मोरङको लेटाङमा बसोबास गर्दै आएको र हाल निजको भतिजो दिनेश निरौलाले रेखदेख गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : 6:13 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा