ताप्लेजुङको हाङपाङमा आगलागी हुँदा आठ लाखको क्षति



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङ स्थित इन्द्र बहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।

निरौलाको ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको ३ तले घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागी भएको भन्ने खबर पाउन साथ तत्काल प्रहरी चौकी हाङपाङबाट प्रहरी टोली खटाइ स्थानियहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा थियो ।

आगलागीबाट घर भित्र रहेको अन्त पात, भाडाबर्तन र लत्ताकपडा गरी आँठ लाख बराबरको क्षति भएको छ । यस्तै मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घर र धनी विगत ८/९ महिना अगाडिबाट मोरङको लेटाङमा बसोबास गर्दै आएको र हाल निजको भतिजो दिनेश निरौलाले रेखदेख गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : 6:13 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ