ताप्लेजुङमा जारी आज रातिदेखि निषेधाज्ञा अन्त्य हुने



ताप्लेजुङ । ताप्लेजुङमा जारी आज रातिदेखि निषेधाज्ञा अन्त्य हुने भएको छ । गत माघ ११ गते बिहानदेखि जारी अनिश्चितकालीन निषेधाज्ञा आज राति ११ बजेदेखि अन्त्य हुन भएको हो ।

आज दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको सिफारिस अनुसार ३ दिनदेखि जारी निषेधाज्ञा आज राति देखि हट्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयले शनिबार राति एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको थियो ।

ताप्लेजुङमा नो केबलकार पक्षधर र प्रहरीबीच भएको झडप भएपछि थप शान्ति सुरक्षा कायम गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रका चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधन सहिते को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको थियो ।

फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पुर्व – फुङलिङ नगरपालिका वार्ड नं. ७ सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं. ७ घोडे चौरथलङ धारा क्षेत्र सम्म, उत्तर– फुङलिङ नगरपालिका वार्ड नं. ४ उकालीपानी, दक्षिण– फुङलिङ नगरपालिका वार्ड नं. ६ शेर्पा टोल भेटनरी कञ्चनजंघा टोलमा निषेध आदेश लागु भएको थियो ।

यस्तै प्रशासनले काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पुर्व – पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिम – बल्लुडाँडा –डडेले इलाका, उत्तर – केबलकार बेस स्टेसन (पानीको मुहान इलाकाको सय मिटर पर) र दक्षिण – नयाँ बसपार्क इलाकाको एक सय मिटर जङ्गल इलाकामा समेत निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : 9:12 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान