केबलकार विवाद : समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति बनाउन माओवादी कोशी प्रदेशको माग 



ताप्लेजुङ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति बनाउन माग गरेको छ । माओवादी कोशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गर्नुभएको हो । 

केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै सरकारले वार्ता र संवादबाट राजीनितक रुपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ । 

‘आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ । हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको क्रममा उत्पन्न हुने तनावलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूले पुरा नगरेको बरु उत्तेजना बढाउने काम गरिरहेको पनि माओवादीले दाबी गरेको छ । त्यसलाई रोकेर आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै सरकारले तत्काल मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने, केबलकार निर्माणको कामलाई स्थगन गरेर संवाद थाल्ने र आन्दोलनरत पक्षले आन्दोलननका कार्यक्रम स्थगित गरि वार्ताबाट निकास खोज्न तयार हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको माओवादीले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार २१:४५

केबलकार विवाद : समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति बनाउन माओवादी कोशी प्रदेशको माग 

ताप्लेजुङ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा

ताप्लेजुङको फुङ्लिङमा आइतबारदेखि अनिश्चितकालीन निषेध आदेश जारी

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ

पाथीभरा केबलकार विवादः विरेन्द्र चोकमा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप, ५ प्रहरी सहित ७ घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर

केबलकार विवाद : काँग्रेस सहमहामन्त्री आङ्देम्बेद्धारा मन्त्रीस्तरीय शक्तिशाली वार्ता समिति गठनको माग

रेडियो काबेली । नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘नो केबलकार’

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई ताप्लेजुङमा देखाइयो कालो झण्डा

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री