केबलकार विवाद : काँग्रेस सहमहामन्त्री आङ्देम्बेद्धारा मन्त्रीस्तरीय शक्तिशाली वार्ता समिति गठनको माग



रेडियो काबेली । नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘नो केबलकार’ आन्दोलन समाधान गर्न नयाँ प्रस्ताव गर्नुभएको छ । नेपाली काँग्रेस प्रचारप्रसार विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यमार्गी बाटो अपनाउनुपर्ने प्रस्ताव राख्नुभएको हो । 

 काँग्रेस महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यक्रममा आङ्देम्बेले संवाद र छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो । महामन्त्री थापालाई आग्रह गर्दै उहाँले मन्त्रीस्तरीय शक्तिशाली वार्ता समिति गठनको प्रस्ताव गर्नुभएको छ । 

ताप्लेजुङमा भइरहेको आन्दोलनलाई सानो र कमजोर रूपमा नलिन आग्रह गर्दै उनले त्यस विषयमा काँग्रेसले आधिकारिक धारणा दिनुपर्ने बताउनुभयो । सहअस्तित्व र पहिचानको कुरा मानवको अस्तित्व र आस्था सँग जोडिएको हुँदा त्यसतर्फ गम्भीर हुन सुझाव दिनुभएको छ । 

कर्मचारीको नेतृत्वमा कामचलाउ समिति बनाएर वार्ता नहुने समेत बताएका उहाँले शक्तिशाली समितिको माग गर्नुभएको छ । 

 

प्रकाशित मिति : 6:07 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा