केबलकार विवाद : काँग्रेस सहमहामन्त्री आङ्देम्बेद्धारा मन्त्रीस्तरीय शक्तिशाली वार्ता समिति गठनको माग



रेडियो काबेली । नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ‘नो केबलकार’ आन्दोलन समाधान गर्न नयाँ प्रस्ताव गर्नुभएको छ । नेपाली काँग्रेस प्रचारप्रसार विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यमार्गी बाटो अपनाउनुपर्ने प्रस्ताव राख्नुभएको हो । 

 काँग्रेस महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यक्रममा आङ्देम्बेले संवाद र छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो । महामन्त्री थापालाई आग्रह गर्दै उहाँले मन्त्रीस्तरीय शक्तिशाली वार्ता समिति गठनको प्रस्ताव गर्नुभएको छ । 

ताप्लेजुङमा भइरहेको आन्दोलनलाई सानो र कमजोर रूपमा नलिन आग्रह गर्दै उनले त्यस विषयमा काँग्रेसले आधिकारिक धारणा दिनुपर्ने बताउनुभयो । सहअस्तित्व र पहिचानको कुरा मानवको अस्तित्व र आस्था सँग जोडिएको हुँदा त्यसतर्फ गम्भीर हुन सुझाव दिनुभएको छ । 

कर्मचारीको नेतृत्वमा कामचलाउ समिति बनाएर वार्ता नहुने समेत बताएका उहाँले शक्तिशाली समितिको माग गर्नुभएको छ । 

 

प्रकाशित मिति : 6:07 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान