पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई ताप्लेजुङमा देखाइयो कालो झण्डा



ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारीज अगाडि कालो झण्डा देखाइएको हो ।

फागुन ६ गतेदेखि ८ गतेसम्म नो केबलकार समूहले गरेको शान्तिपूर्ण मुक्कुमलुङ पदयात्रामा सहभागी भएको भन्दै कालो झण्डा देखाइएको छ । उहाँ फागुन ८ गतेको लागि तय गरिएको पदयात्राको अन्तिम दिनलाई सम्बोधन गर्न ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आउनुभएको थियो ।

पदयात्रापछि काफ्लेपाटीमा रहेको केबलकारको निर्माणाधीन स्थलमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको थियो । झडपमा प्रहरी, शसस्त्र प्रहरी, आन्दोलनरतपक्ष र सवारी चालक गरी धेरैजना घाइते भएका थिए ।

यस्तै, झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सो दिनदेखि काफ्लेपाटी क्षेत्र तनाव ग्रस्त बनेको थियो । आज आन्दोलनरत पक्षहरुसँगै पूर्व उपप्रधानमन्त्री महतो पनि फुङलिङ बजार फर्किनुभएको थियो । सोहीक्रममा विकासप्रेमी युवा समाज ताप्लेजुङले कालो झण्डा देखाएको हो । यसअघि पनि केबलकार निर्माणको पक्षमा समाजले ‘बृहत् नागरिक सदभाव ¥याली निकालिएको थियो ।

प्रकाशित मिति : 5:52 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम