पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई ताप्लेजुङमा देखाइयो कालो झण्डा



ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारीज अगाडि कालो झण्डा देखाइएको हो ।

फागुन ६ गतेदेखि ८ गतेसम्म नो केबलकार समूहले गरेको शान्तिपूर्ण मुक्कुमलुङ पदयात्रामा सहभागी भएको भन्दै कालो झण्डा देखाइएको छ । उहाँ फागुन ८ गतेको लागि तय गरिएको पदयात्राको अन्तिम दिनलाई सम्बोधन गर्न ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आउनुभएको थियो ।

पदयात्रापछि काफ्लेपाटीमा रहेको केबलकारको निर्माणाधीन स्थलमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको थियो । झडपमा प्रहरी, शसस्त्र प्रहरी, आन्दोलनरतपक्ष र सवारी चालक गरी धेरैजना घाइते भएका थिए ।

यस्तै, झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सो दिनदेखि काफ्लेपाटी क्षेत्र तनाव ग्रस्त बनेको थियो । आज आन्दोलनरत पक्षहरुसँगै पूर्व उपप्रधानमन्त्री महतो पनि फुङलिङ बजार फर्किनुभएको थियो । सोहीक्रममा विकासप्रेमी युवा समाज ताप्लेजुङले कालो झण्डा देखाएको हो । यसअघि पनि केबलकार निर्माणको पक्षमा समाजले ‘बृहत् नागरिक सदभाव ¥याली निकालिएको थियो ।

प्रकाशित मिति : 5:52 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी