फुङ्लिङमा एभरेष्ट बैंकको शाखा स्थापना



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एभरेष्ट बैंक लिमिटेडको शाखा स्थापना भइ सेवा सुरु भएको छ । बैंकले आफ्नो १३१ औं शाखाका रुपमा शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।

शाखाको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठलगायतले उद्घाटन गर्नुभएको छ । फुङ्लिङ बजारको कोप्चे जिमीपोखरी टोलमा बैंकका शाखा स्थापना भएसँगै औपचारिक रुपमा बैंकिङ कारोबार सुरु भएको शाखा प्रबन्धक लवकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

शाखा प्रबन्धक तिमिल्सिनाका अनुसार बैंकको फुङ्लिङ शाखा कोशी प्रदेशभरिमा २० औं शाखाका रुपमा स्थापना भएको हो । बैंकको स्थापनाकार्यक्रममा बैंकका उपप्रशासकीय अधिकृत विजयकुमार शर्मा, फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : 7:40 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा