फुङ्लिङमा एभरेष्ट बैंकको शाखा स्थापना



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एभरेष्ट बैंक लिमिटेडको शाखा स्थापना भइ सेवा सुरु भएको छ । बैंकले आफ्नो १३१ औं शाखाका रुपमा शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।

शाखाको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठलगायतले उद्घाटन गर्नुभएको छ । फुङ्लिङ बजारको कोप्चे जिमीपोखरी टोलमा बैंकका शाखा स्थापना भएसँगै औपचारिक रुपमा बैंकिङ कारोबार सुरु भएको शाखा प्रबन्धक लवकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

शाखा प्रबन्धक तिमिल्सिनाका अनुसार बैंकको फुङ्लिङ शाखा कोशी प्रदेशभरिमा २० औं शाखाका रुपमा स्थापना भएको हो । बैंकको स्थापनाकार्यक्रममा बैंकका उपप्रशासकीय अधिकृत विजयकुमार शर्मा, फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : 7:40 pm

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी