पाथीभरा केबलकार विवादः गृह मन्त्रालयद्धारा पुनः वार्तामा आउन अपिल




ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नको लागि गृह मन्त्रालयले पुन आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो । यस अघि माघ २० गते मन्त्रालयद्धारा गठित वार्ता टोलीका संयोजक एवं गृह–मन्त्रालयका सह–सचिव प्रेम प्रसाद भट्टराईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा आन्दोलनरत पक्षलाई गम्भिर भई वार्ता एवं संवादमा आउनको लागि अपिल गरिएको छ ।

“पाथिभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सास्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भिर भई वार्ता एवं संवादमा आउनको लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।” विज्ञप्तीमा लेखिएको छ ।

पाथिभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच माघ २० गतेबाट वार्ता र छलफल भई रहेको कुरा समेत विज्ञप्तीमा उल्लेख छ ।


उक्त वार्ता निष्कर्ष विहिन भएपछि आन्दोलनरत पक्षले सरकारद्धारा गठित वार्ता समितीसँग वार्ता नगर्ने र वार्ताका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गरिनुपर्ने माग गर्दै माघ २७ गते पुनः आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएका हुन् । बिहिबार केबलकार निर्माणस्थल काफ्लेपाटीमा आन्दोलनरत पक्ष र प्रहरी बिचको झडपमा सुरक्षाकर्मी सहित १४ जना घाईते भएका थिए । यस अघि माघ १२ गतेको झडपमा सुरक्षाकर्मी सहित २४ जना घाईते भएका थिए ।

प्रकाशित मिति : 4:54 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि