मानव अधिकार रक्षकमाथि आक्रमण: इन्सेकद्वारा घटनाको निन्दा




ताप्लेजुङ । पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति इन्सेकले ०८१ फागुन ९ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको छ ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “फुङलिङ नगरपालिका –९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी र प्रदर्शनकारीको उद्धारका लागि इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा रेडक्रसका आजीवन सदस्य कमल लिम्बु घटनास्थलतर्फ जाँदै हुनुहुन्थ्यो । सो क्रममा उहाँहरू सवार मे १ ज २५७९ को गाडी तोडफोड गरिएको छ भने सवारी चालक फुङलिङ नगरपालिका(९ का ३५ वर्षीय राजकुमार पौडेल गम्भीर घाइते हुनु भएको छ । टाउकामा गहिरो चोट लागेका पौडेलको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पातलमा भर्ना गरिएको छ ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालका मानव अधिकार रक्षकहरूले निर्बाध काम गर्ने गरेको इतिहास रहेको विज्ञप्तीमा उल्लेख छ । नेपालको संविधान तथा कानुनले व्यक्तिको निर्बाध आवागमनको अधिकार सुनिश्चित गरेको स्मरण गरेको छ । त्यसमाथि मानव अधिकार रक्षकलाई बिना रोकतोक घटनाको अनुगमन गर्ने अधिकार पनि रहेको इन्सेकले जनाएको छ ।

आन्दोलनरत पक्ष र प्रशासनलाई समेत जानकारी गराएर उद्दारका लागि गएको अधिकारकर्मी सवार गाडीमा जानाजान तोडफोड भएकाले आन्दोलनको नेतृत्व गर्नेहरु जबाफदेही हुन जरुरी विज्ञप्तिमा भनिइको छ । यस्ता घटनाको पुनरावृत्ति नगर्न, मानव अधिकार रक्षकको अधिकार निर्बाध आवागमनको सुनिश्चितता गर्न तथा घटनामा संलग्न आफ्ना समर्थकलाई कारबाहीको दायरामा ल्याउन नो केवलकार समूहको नेतृत्वसँग माग गरिएको इन्सेकका कार्यकारी निर्देशक गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : 4:18 pm

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा