फुङलिङदेखि काफ्लेपाटी सम्मको यातायात बन्द



ताप्लेजुङ। ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटी सम्मको यातायात बन्द भएको छ । यातायात व्यावसायी सङ्घ काफ्लेपाटीले बन्द गरेको हो । प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य सङ्घ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । 

गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले नलिएसम्म यातायात ठप्प गरिएको यातायात व्यावसायी सङ्घ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिनुभयो । अहिले घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको इन्सेक प्रतिनिधि एलिना दियालीले जानकारी दिनुभएको छ । 

उक्त झडपमा परि सुरक्षाकर्मी र आन्दोलनरत पक्ष बिचको झडपमा १३ जना घाईते भएका छन् । आन्दोलनरत पक्षले अझै पनि केबलकार निर्माण क्षेत्रमा गई नाराबाजी गरिरहेकोले त्यहाँको स्थिति नाजुक रहेको काफ्लेपाटी स्थानी बासीको भनाई छ । त्यहाँको होटलहरू समेत बन्द भइसको बताइएको छ । 

प्रकाशित मिति : 8:03 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा