फुङलिङदेखि काफ्लेपाटी सम्मको यातायात बन्द



ताप्लेजुङ। ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटी सम्मको यातायात बन्द भएको छ । यातायात व्यावसायी सङ्घ काफ्लेपाटीले बन्द गरेको हो । प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य सङ्घ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । 

गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले नलिएसम्म यातायात ठप्प गरिएको यातायात व्यावसायी सङ्घ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिनुभयो । अहिले घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको इन्सेक प्रतिनिधि एलिना दियालीले जानकारी दिनुभएको छ । 

उक्त झडपमा परि सुरक्षाकर्मी र आन्दोलनरत पक्ष बिचको झडपमा १३ जना घाईते भएका छन् । आन्दोलनरत पक्षले अझै पनि केबलकार निर्माण क्षेत्रमा गई नाराबाजी गरिरहेकोले त्यहाँको स्थिति नाजुक रहेको काफ्लेपाटी स्थानी बासीको भनाई छ । त्यहाँको होटलहरू समेत बन्द भइसको बताइएको छ । 

प्रकाशित मिति : 8:03 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान