ताप्लेजुङको काफ्लेपाटीमा झडप : जिप माथि तोडफोड गरि चालकलाई समेत कुटपिट



ताप्लेजुङ । ताप्लेजुङको काफ्लेपाटीमा नो केबलकार समुहले जिप माथि तोडफोड गरि चालकलाई कुटपिट गरेको छ ।

प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी चढेको गाडी तोडफोड गरेका छन् । गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा परि १३ जना घाईते भएका छन् ।

शसस्त्र प्रहरीतर्फका ११ जना, आन्दोलनरत पक्षका १ जना र कुटपिटबाट चालक घाईते भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । शान्तिपूर्ण पदयात्रा गर्ने भनिएपनि झडपको स्थिति सिर्जना भएको छ । झपडको स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी ७ फायर अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनरत पक्षका कार्यकर्ताहरू निर्माणस्थलसम्म प्रवेश गर्न खोजेपछि झडप सुरु भएको हो ।

प्रकाशित मिति : 7:56 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा