ताप्लेजुङको काफ्लेपाटीमा झडप : जिप माथि तोडफोड गरि चालकलाई समेत कुटपिट



ताप्लेजुङ । ताप्लेजुङको काफ्लेपाटीमा नो केबलकार समुहले जिप माथि तोडफोड गरि चालकलाई कुटपिट गरेको छ ।

प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी चढेको गाडी तोडफोड गरेका छन् । गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा परि १३ जना घाईते भएका छन् ।

शसस्त्र प्रहरीतर्फका ११ जना, आन्दोलनरत पक्षका १ जना र कुटपिटबाट चालक घाईते भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । शान्तिपूर्ण पदयात्रा गर्ने भनिएपनि झडपको स्थिति सिर्जना भएको छ । झपडको स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी ७ फायर अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनरत पक्षका कार्यकर्ताहरू निर्माणस्थलसम्म प्रवेश गर्न खोजेपछि झडप सुरु भएको हो ।

प्रकाशित मिति : 7:56 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन