काफ्ले पार्टीमा पुन: झडप, १३ जना घाइते



ताप्लेजुङ । ताप्लेजुङको काफ्ले पार्टीमा आज पुन झडप भएको छ। प्रहरी र आन्दोलनरत पक्षबीच झडपको स्थिति सिर्जना भएको हो। 

गत माघ ६ गतेबाट सुरु भएको शान्तिपूर्ण पदयात्रा आज टुङ्ग्याउने दिन झडप भएको हो । झडपको क्रममा एकजना आन्दोलनरत पक्षका युवा घाइते हुनुभएको छ भने, सुरक्षाकर्मीका ११ जान घाइते भएका छन् । यो सँगै उक्त घाइतेहरूको उद्धारका लागि गएका एम्बुलेन्स र गाडी मध्ये आन्दोलनरत पक्षले गाडीमा तोडफोड सँगै चालकलाई कुटपिट गरेका छन् । गाडी चालक शक्त घाइते भएको बताइएको छ ।

नो केबलकार समूहले आज आयोजना गरेको पदयात्रा कार्यक्रमको समूह चाहिँ केबलकार निर्माणस्थलमा प्रवेश गर्न खोजेका थिए । सो क्रममा प्रहरीले निर्धारण गरेको निषेधित दूरीभन्दा केही अगाडि जबरजस्ती बढ्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । उक्त स्थितिलाई संयमता अपनाउनका लागि प्रहरीले ७ राउन्ड अश्रु ग्याससमेत प्रहार गरिएको थियो । यस पछि स्थिति कोणसभामा परिणत भएको थियो । 

कोणसभा सकिए पछि पनि आन्दोलनरत पक्ष नफर्किए पछि त्यहाँको स्थिति नाजुक नै रहेको छ । गत माघ १२ गते पनि प्रहरी र ‘नो केबलकार’ पक्षधरबीच झडप भएको थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार १८:१२

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नाग टाँसेर मनाइँदै

ताप्लेजुङ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्

ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 

ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी

ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार

ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २०