भक्तजनको स्वास्थ्यलाई मध्यजनर गर्दै पाथीभरा क्षेत्रमा सशस्त्र प्रहरीद्धारा हेल्प तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन




रेडियो काबेली
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन गरेको छ । फुङलिङ नगरपालिका वडा नं.१० स्थित बल्लुडाँडामा क्षमा शान्ति सेवा पुजा समिति ताप्लेजुङको आयोजनामा सप्ताहव्यापी सञ्चालन हुने क्षमा पुजालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं.१ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक नरेश मर्हजनले क्षमा पुजा सहित समग्र भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन गरिएको बताउनुभयो ।


उहाँले भन्नुभयो,“ क्षमा पुजा सहित समग्र भक्तजनहरुको स्वास्थ्यलाई मध्यजनर गर्दै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश काफ्लेपाटी ताप्लेजुङबाट सशस्त्र प्रहरी नायब निरिक्षक चन्द्र बहादुर बेघाको कमाण्डमा ०५ जनाको मेडिकल तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी सहितको टोलीद्वारा हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स स्थापना गरि कार्य शुरु गरेको छ । अहिले विशेष गरेर वृद्धवृद्धा र महिलाहरु पाथीभरा दर्शनका लागि एवं क्षमा पुजाका लागि आई रहनुभएको छ । त्यहि भएर उहाँहरुको स्वास्थ्य सुरक्षालाई लिएर हामीले केहि दिन ट्रायलको रुपमा सुरु गरेका हौँ ।”


३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा लेक लागेर दर्शनार्थीहरु बिरामी पर्ने गर्दछन् भने केहिको यस अघि ज्यान समेत गएको थियो ।

प्रकाशित मिति : 2:24 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर