भक्तजनको स्वास्थ्यलाई मध्यजनर गर्दै पाथीभरा क्षेत्रमा सशस्त्र प्रहरीद्धारा हेल्प तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन




रेडियो काबेली
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन गरेको छ । फुङलिङ नगरपालिका वडा नं.१० स्थित बल्लुडाँडामा क्षमा शान्ति सेवा पुजा समिति ताप्लेजुङको आयोजनामा सप्ताहव्यापी सञ्चालन हुने क्षमा पुजालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं.१ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक नरेश मर्हजनले क्षमा पुजा सहित समग्र भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स सञ्चालन गरिएको बताउनुभयो ।


उहाँले भन्नुभयो,“ क्षमा पुजा सहित समग्र भक्तजनहरुको स्वास्थ्यलाई मध्यजनर गर्दै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश काफ्लेपाटी ताप्लेजुङबाट सशस्त्र प्रहरी नायब निरिक्षक चन्द्र बहादुर बेघाको कमाण्डमा ०५ जनाको मेडिकल तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी सहितको टोलीद्वारा हेल्प डेक्स तथा मेडिकल रेस्पोन्स डेक्स स्थापना गरि कार्य शुरु गरेको छ । अहिले विशेष गरेर वृद्धवृद्धा र महिलाहरु पाथीभरा दर्शनका लागि एवं क्षमा पुजाका लागि आई रहनुभएको छ । त्यहि भएर उहाँहरुको स्वास्थ्य सुरक्षालाई लिएर हामीले केहि दिन ट्रायलको रुपमा सुरु गरेका हौँ ।”


३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा लेक लागेर दर्शनार्थीहरु बिरामी पर्ने गर्दछन् भने केहिको यस अघि ज्यान समेत गएको थियो ।

प्रकाशित मिति : 2:24 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय