नो केबलकार समूहको मुक्कुमलुङ पदयात्रा आजदेखि ८ गतेसम्म



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मुक्कुमलुङमा पैदलयात्राको कार्यक्रम तय भएको छ  । मुक्कुमलुङ संरक्षणका लागि आजदेखि ८ गतेसम्म पैदलयात्राको कार्यक्रम तय भएको हो । 

मुक्कुमलुङ तान्छेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा तय भएको पैदलयात्राका लागि जिल्लाबाहिरबाट समेत यात्रीहरू आउन थालेको नो केबलकार समूहका अगुवामध्येका एक नवीन पोमूले जानकारी दिनुभएको छ । मङ्गलबारदेखि नै पाथीभरा क्षेत्रमा पैदलयात्राका लागि आएका हुन् । पोमुका अनुसार केबलकार खारेज मुख्य सर्त यथावत रहेको छ ।

यो सँगै मानव र चराचर जगतको कल्याणसहित पाथीभरा मुक्कुमलुङमा विधिपूर्वक पुजा कार्यक्रम समेत सुरु भएको छ ।फागुन ८ गते फर्कने कार्यक्रम तालिका छ । सरकारले शान्तिपूर्वक आन्दोलनका क्रममा माघ १२ गते गोली हानी घाइते बनाएको, अभद्र व्यवहार गरेको र केबलकारकै पक्षमा काम गरेको भन्दै आन्दोलनरत पक्षले गुनासो गरेका छन् ।

प्रकाशित मिति : 6:48 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न