नो केबलकार समूहको मुक्कुमलुङ पदयात्रा आजदेखि ८ गतेसम्म



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मुक्कुमलुङमा पैदलयात्राको कार्यक्रम तय भएको छ  । मुक्कुमलुङ संरक्षणका लागि आजदेखि ८ गतेसम्म पैदलयात्राको कार्यक्रम तय भएको हो । 

मुक्कुमलुङ तान्छेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा तय भएको पैदलयात्राका लागि जिल्लाबाहिरबाट समेत यात्रीहरू आउन थालेको नो केबलकार समूहका अगुवामध्येका एक नवीन पोमूले जानकारी दिनुभएको छ । मङ्गलबारदेखि नै पाथीभरा क्षेत्रमा पैदलयात्राका लागि आएका हुन् । पोमुका अनुसार केबलकार खारेज मुख्य सर्त यथावत रहेको छ ।

यो सँगै मानव र चराचर जगतको कल्याणसहित पाथीभरा मुक्कुमलुङमा विधिपूर्वक पुजा कार्यक्रम समेत सुरु भएको छ ।फागुन ८ गते फर्कने कार्यक्रम तालिका छ । सरकारले शान्तिपूर्वक आन्दोलनका क्रममा माघ १२ गते गोली हानी घाइते बनाएको, अभद्र व्यवहार गरेको र केबलकारकै पक्षमा काम गरेको भन्दै आन्दोलनरत पक्षले गुनासो गरेका छन् ।

प्रकाशित मिति : 6:48 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन