ताप्लेजुङमा केबलकार निर्माणको पक्षमा बृहत् नागरिक सद्भाव ¥याली



रेडियो काबेली । ताप्लेजुङको सदरमुकाम फुङलिङमा केबलकार निर्माणको पक्षमा ‘बृहत् नागरिक सद्भाव ¥याली’ निकालिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव ¥याली निकालिएको हो ।

विकास प्रेमी युवा समाज ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङलिङमा निकालिएको ¥यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहेको थियो । ‘बृहत् नागरिक सद्भाव ¥याली’ लेखिएको ब्यानर सहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन समेत गरिएको छ ।

फुङ्लिङ बजारको सिटी हलबाट सुरु भएको ¥याली हस्पिटल लाइन, पाथिभरा चोक, विरेन्द्र चोक, कोप्चे, तोक्मे हुँदै जिल्ला प्रशासन पुगी पुनः विरेन्द्र चोक पुगेर कोण सभामा परिणत भएको हो । यस अघि पनि केबलकार निर्माणको पक्षमा शान्ति पूर्ण सद्भाव ¥याली र बाइक ¥याली निकालिएको थियो ।

प्रकाशित मिति : 6:35 pm

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत