४ हजार ५ सय मिटर उचाइमा हाफ म्याराथन प्रतियोगिता हुने



ताप्लेजुङ। तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा उक्त कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।

सिरिजङ्घा महोत्सव –२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिने गाउँपालिका उपाध्यक्ष चित्र माबो लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता समुद्र सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा हुनेछ । प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय, महिला पुरुष सबैले सहभागिता जनाउन सक्ने उहाँको भनाइ छ ।

जलवायु परिवर्तनको असरसम्बन्धी अनुसन्धान र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजनासँगै म्याराथन प्रतियोगिता सञ्चालन गर्न लागिएको माबोले बताउनुभयो । म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख आठ हजार ५८६, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ तथा तेस्रो हुनेलाई ५८ हजार ५८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

योसँगै बैशाख ५ गते देखि १३ गतेसम्म विज्ञ टोलीद्वारा जलवायु परिवर्तनसम्बन्धी असरको अध्ययन अवलोकनका लागि अनुगमन गरिने बताइएको छ । गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइक्लिङ कार्यक्रम पनि आयोजना गरिनेछ ।

प्रकाशित मिति : 4:54 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर