च्याउ खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न



ताप्लेजुङ ।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा च्याउ खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय स्तरको स्रोत साधनलाई प्रयोग गरी कृषकहरूलाई सबल बनाउने उद्देश्यका साथ तालिम सम्पन्न भएको हो । 

स्थानीय सरकारको वित्तिय समानीकरण अन्तरगत उक्त तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउँनुभयो । उहाँका अनुसार तालिमलाई दुई चरणमा विभाजन गरिएको र पहिलो चरणको तालिम सम्पन्न भएको हो । 

पहिलो चरणको तालिमा वडा नं. ४ इखाबु, वडा नं. ५ तापेथोक र वडा नं. ६ लेलेपका कृषकहरूलाई समावेश गरिएको छ । कृषि ज्ञान केन्द्र छिरुवामा मङ्गलबार र बुधबार सञ्चालन भएको दुई दिने तालिमा १६ जना कृषकहरूको सहभागिता रहेको तालिम संयोजक तथा नायब प्राविधिक सहायक ओम प्रकाश शर्माले जानकारी दिनुभयो । 

बाँकी वडा नं. १ सावादिन, वडा नं. २ खेजेनीम र वडा नं. ३ लिङ्खिमका कृषकहरूलाई चाँडै नै दोस्रो चरणको तालिम दिने शर्माको भनाई छ । चालु आर्थिक वर्षमा उक्त तालिमको लागि एक लाख १० हजार रुपियाँ बजेट विनियोजन भएको र यसै बजेट मार्फत तालिम सञ्चालन गरिएको पालिकाले जनाएको छ । 

फक्ताङलुङ गाउँपालिकाले कृषि क्षेत्रको आमूल परिवर्तनका लागि कृषि ज्ञान केन्द्र समेत स्थापना गरेको छ ।  यो सँगै यस अघि पनि सुन्तला खेती सम्बन्धी तालिम सञ्चालन गरि सकेको छ । 

प्रकाशित मिति : 9:03 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ