च्याउ खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न



ताप्लेजुङ ।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा च्याउ खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय स्तरको स्रोत साधनलाई प्रयोग गरी कृषकहरूलाई सबल बनाउने उद्देश्यका साथ तालिम सम्पन्न भएको हो । 

स्थानीय सरकारको वित्तिय समानीकरण अन्तरगत उक्त तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउँनुभयो । उहाँका अनुसार तालिमलाई दुई चरणमा विभाजन गरिएको र पहिलो चरणको तालिम सम्पन्न भएको हो । 

पहिलो चरणको तालिमा वडा नं. ४ इखाबु, वडा नं. ५ तापेथोक र वडा नं. ६ लेलेपका कृषकहरूलाई समावेश गरिएको छ । कृषि ज्ञान केन्द्र छिरुवामा मङ्गलबार र बुधबार सञ्चालन भएको दुई दिने तालिमा १६ जना कृषकहरूको सहभागिता रहेको तालिम संयोजक तथा नायब प्राविधिक सहायक ओम प्रकाश शर्माले जानकारी दिनुभयो । 

बाँकी वडा नं. १ सावादिन, वडा नं. २ खेजेनीम र वडा नं. ३ लिङ्खिमका कृषकहरूलाई चाँडै नै दोस्रो चरणको तालिम दिने शर्माको भनाई छ । चालु आर्थिक वर्षमा उक्त तालिमको लागि एक लाख १० हजार रुपियाँ बजेट विनियोजन भएको र यसै बजेट मार्फत तालिम सञ्चालन गरिएको पालिकाले जनाएको छ । 

फक्ताङलुङ गाउँपालिकाले कृषि क्षेत्रको आमूल परिवर्तनका लागि कृषि ज्ञान केन्द्र समेत स्थापना गरेको छ ।  यो सँगै यस अघि पनि सुन्तला खेती सम्बन्धी तालिम सञ्चालन गरि सकेको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार २१:०३

गाउँपालिकाद्धारा राष्ट्रिय परिचय पत्र वितरण

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण सुरु

ताप्लेजुङमा शतप्रतिशत छात्रालाई लगाइयो एचपिभी खोप

ताप्लेजुङ । ताप्लेजुङमा शतप्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन

फुङलिङदेखि काफ्लेपाटी सम्मको यातायात बन्द

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटी सम्मको यातायात बन्द भएको छ

ताप्लेजुङको काफ्लेपाटीमा झडप : जिप माथि तोडफोड गरि चालकलाई समेत कुटपिट

ताप्लेजुङ । ताप्लेजुङको काफ्लेपाटीमा नो केबलकार समुहले जिप माथि तोडफोड

काफ्ले पार्टीमा पुन: झडप, १३ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको काफ्ले पार्टीमा आज पुन झडप भएको छ।