रेडियो काबेली
ताप्लेजुङ । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरिक्षक रवि रावलको संयोजकत्वमा मंगलबार सञ्जाल गठन गरिएको हो । त्यस्तै सञ्जालको सदस्य सचिवमा प्रहरी निरीक्षक विवेक बस्नेत, सदस्यहरुमा महिला संजाल अध्यक्ष गिता कुमारी लिङदेन, जिल्ला अस्पताल ताप्लेजुङकी फोकल पर्सन विजया राई, भानुजन माध्यमिक विद्यालयकी शिक्षीका मैयादेवी थापा, जिल्ला रेडक्रस सोसाईटी सदस्य दिलमाया लिम्बु सदस्य रहनु भएको छ ।
त्यस्तै गैर–सरकारी संथा महासंघ सदस्य मात्रिका देवि प्रसाई, फुङलिङ नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सिता गुरुङ, पत्रकार महासंघका अध्यक्ष सुवाष आचार्य, मानव अधिकार मञ्च अध्यक्ष धर्म पौडेल, सामुदायिक शाखाका अध्यक्ष भद्र बोखिम, उद्योग वाणीज्य संघका महासचिव कमल लिम्बु सदस्यमा चयन हुनुभएको छ ।
त्यस्तै जिल्ला वकिल ठाकुर सिंह लिम्बु, फुङलिङ नगरपालिकाको न्यायिक समितीको उजुरी प्रशासक बबिता पोमु, होप फर अलका अध्यक्ष सागर विश्वकर्मा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ताप्लेजुङ प्रतिनीधि एलिना दियाली, सञ्चारकर्मी प्रिशा बस्नेत, फुङलिङ नगरपालिकाको बालिबालिका केन्द्रकी यशोधा पोमु र प्रहरी निरीक्षक रोहित कुमार शर्मा पनि समितीको सदस्यमा चयन हुनुभएको छ ।
यस समितीले लैँङ्गिक हिंसा अन्त्यको लागि जनचेतनामुलक कार्यक्रम, लैँङ्गीक हिंसा हुन लागेको थाहा पाए सामुहिक हस्तक्षेप गर्ने र लैँङ्गिक हिंसामा परेको पुरुष होस वा महिला दुबैलाई न्यायको लागि काम गर्नेछ । सञ्जाल गठन कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक रावलले सबैको साथ र सहयोग रहने अपेक्षा गर्दै सरोकारवाला सबैको प्रयासबाट लैङ्गिक हिंसा रहित सभ्य समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
लैङ्गिक हिंसाबाट पीडितलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको प्रत्याभूति दिन, सल्लाह, सूचना मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला, बालबलिका, जेष्ठ नागरिक तथा जोखिममा रहेका वर्गहरुको अधिकारको क्षेत्रमा काम गरिरहेका सरकारी संस्था नागरिक समाज एवं समुदायलाई आपसमा समूहीकृत र सङ्गठित गर्न, लैगिक हिंसा नियन्त्रणको निमित्त सचेतना अभिवृद्धि गर्न, प्रभावित एवं पीडितहरूको पारिवारिक र सामाजिक मेलमिलाप गराउन तथा समूहमा संलग्न सदस्यहरू एवं प्रहरी कर्मचारीहरु समेतलाई सो–सम्बन्धी अपनाउनु पर्ने कार्यविधि एवं व्यवहारका बारेमा निर्देशन दिन सञ्जालले लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार कार्य गर्नेछ । जिल्ला प्रहरी कार्यालयकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी रुपा राईका अनुसार यो सञ्जाल गाउँपालिका स्तरमा समेत गठन भई कार्य गर्नेछ ।
प्रतिक्रिया