केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख कटान, आन्दोलनरत समूहद्वारा सरकारले अन्याय गरेको गुनासो



रेडियो काबेली
ताप्लेजुङ ।
पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण क्षेत्रको बाँकी रुख कटान गरिएको छ । बुधबार बटम स्टेसन माथिका रुखहरु कटान गरेको पाथीभरा मुकुम्लुङ दर्शन केबलकार कम्पनीले जनाएको छ । यसअघि गत जेठको पहिलो हप्ता (१ गते) ८० प्रतिशत रुख कटान गरेको थियो । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रुख मात्रै बाँकी रहेको कम्पनीको भनाई छ । सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको जनाएको छ ।


डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठुला रुख २१ सय १४ वटामा टाँचा लगाइएको थियो । ठुला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रुख कटान हुने उल्लेख छ । रुख कटान भएको क्षेत्रमा आन्दोलनरत समूहले वृक्षरोपणसमेत गरेको थियो भने पहिलो चरणको रुख कटानप्रति आपत्ति जनाउँदै बन्द हडताल लगायतका कार्यक्रम गरिएको थियो । वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनीले बताएको छ ।


बटम स्टेसनको काम पनि जारी रहेको कम्पनीले जनाएको छ । सरकारी वार्ता टोली र नो केबलकार समूहबीच काम रोक्ने वा काम यथावत् राख्ने भन्ने विषयमा विवाद भएको थियो । उक्त विवादबीच भएको छ बुँदे सहमति पालना नगरको भन्दै नो केबलकार समूहले अहिलेको समितिसँग वार्ता गर्नुको औचित्य नरहेको निष्कर्षसहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।


आन्दोलनरत समूहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ग्लोबल आईएमई बैँकका शाखाहरुमा धर्ना दिने कार्यक्रम छ । उनीहरुले फागुन ७ गतेसम्म धर्ना, पदयात्रा, फुङलिङ नगरपालिका घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले एक मात्र माग केबलकार खारेजी रहेकाले मन्त्रीस्तरीय भएमात्रै वार्ता गर्ने जनाएका छन् । सरकारले वार्ता र संवादबाट नै समस्याको समाधान गर्नुपर्ने बताएपनि मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नेतर्फ भने खासै ध्यान दिएको छैन ।
यता नो केबलकार पक्षले भने आफूहरुमाथि सरकारले अन्याय गरेको बताएका छन् ।

केबलकार खारेजी संयुक्त संघर्ष समितीका संयोजक खगेन्द्र फेम्बोले भन्नुभयो,“ उता वार्ता भन्दै यता धमाधम रुख कटान गर्ने । सरकारले हामीमाथि अन्याय ग¥यो । सरकारका यस्ता कदमले सरकारले अप्रिय घटना घटाउन खोजेको देखिन्छ । यस तर्फ सरकारले ध्यान दिन जरुरी छ ।”


यस्तै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलले भने अवस्थालाई मध्य नजर गरि मुठभेड नहोस भन्ने उद्धेश्यले सुरक्षा व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ न हामी रुख काट्न पठाऔँछौँ न रुख काट्न रोक्न पठाऔँछौँ । आज बिहान केबलकार निर्माण पक्षले निर्माण क्षेत्रको बाँकी रुख कटान गर्न सुरु गर्ने जानकारी प्राप्त भयो । र त्यहाँ हुन सक्ने मुठभेडको अवस्थालाई मध्यनजर गरि सर्तक भएर सुरक्षाकर्मीहरुलाई परिचालन गरेउँ । निर्माण पक्षले रुख काट्यो यसमा नो केबलकार पक्षको असन्तुष्टि त रह्यो नै । हामीले ति दुईवटा पक्ष बिच कुनै पनि द्धन्द्ध नहोस भन्ने उद्धेश्यले सर्तकता अपनाएका हौँ ।”


यसै बिच आन्दोलनरत समूहले मंगलबार देखी सदरमुकाम फुङलिङमा ग्लोबल आइएमई बैंकमा धर्ना दिएका छन् । धर्नाका कारण बैंकले दिने सेवा प्रवाह प्रभावित भएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार २०:०३

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ