फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको हो ।

बुधबार बसेको गाउँपालिका अध्यक्ष स्तरीय निर्णय अनुसार फागुन एक गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभएको छ । उहाँका अनुसार विहीबार गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, सङ्घसंस्था, बैंक, वित्तिय संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा दिइने भएको छ ।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

प्रकाशित मिति : 6:15 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा