फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको हो ।

बुधबार बसेको गाउँपालिका अध्यक्ष स्तरीय निर्णय अनुसार फागुन एक गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभएको छ । उहाँका अनुसार विहीबार गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, सङ्घसंस्था, बैंक, वित्तिय संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा दिइने भएको छ ।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

प्रकाशित मिति : 6:15 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज