केबलकार निर्माणको काममा अवरोध नगर्न फुङलिङ नगरपालिकाको आग्रह 



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहज तवरले केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै पक्षलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्थाको केन्द्र पवित्रस्थल भए पनि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउनुपर्ने बताउनुभएको छ । आपसी द्वन्द्व निम्त्याएर कसैलाई फाइदा नहुने उल्लेख गर्दै उहाँले पाथीभराको महिमा माथि राजनीति गर्न नहुने बताउनुभयो । पाथीभरा सबैको साझा धार्मिकस्थल भएको यसको महत्व, गरिमा र महिमालाई बचाउँदै केबलकार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी नगरपालिकाका वडाध्यक्षहरू, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घलगायत सङ्घ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनु पर्ने बताएका थिए । 

यता नो केबलकार पक्षधरले भने पुनः सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । गत माघ २२ गते भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति भएपनि कार्यन्वयन नभएकाले मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गरेका थिए । पुन दोश्रो पटक वार्ताका लागि हिजो बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । आफ्ना मागहरू राजनीतिक तवरका भएकाले कर्मचारीबाट कार्यन्वयन नहुने निश्चित भएको ठहर गर्दै मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गर्दा पनि पुरा नभएकाले सडकमा जान बाध्य भएको बताएका छन् । 

नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा चलेको गोली लागेर आफ्ना कार्यकर्ता घाईते भएपछि अनिश्चित यातायात बन्द गरेका थिए । सरकारसँग भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति पश्चात बन्द फिर्ता लिएका थिए । तर आफूहरूले हिजो साँझसम्मको अल्टिमेटम दिँदा समेत बेवास्ता गरेकाले सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको नो केबलकार समुहको भनाई छ ।

प्रकाशित मिति : 6:10 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ