केबलकार निर्माणको काममा अवरोध नगर्न फुङलिङ नगरपालिकाको आग्रह 



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहज तवरले केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै पक्षलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्थाको केन्द्र पवित्रस्थल भए पनि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउनुपर्ने बताउनुभएको छ । आपसी द्वन्द्व निम्त्याएर कसैलाई फाइदा नहुने उल्लेख गर्दै उहाँले पाथीभराको महिमा माथि राजनीति गर्न नहुने बताउनुभयो । पाथीभरा सबैको साझा धार्मिकस्थल भएको यसको महत्व, गरिमा र महिमालाई बचाउँदै केबलकार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी नगरपालिकाका वडाध्यक्षहरू, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घलगायत सङ्घ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनु पर्ने बताएका थिए । 

यता नो केबलकार पक्षधरले भने पुनः सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । गत माघ २२ गते भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति भएपनि कार्यन्वयन नभएकाले मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गरेका थिए । पुन दोश्रो पटक वार्ताका लागि हिजो बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । आफ्ना मागहरू राजनीतिक तवरका भएकाले कर्मचारीबाट कार्यन्वयन नहुने निश्चित भएको ठहर गर्दै मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गर्दा पनि पुरा नभएकाले सडकमा जान बाध्य भएको बताएका छन् । 

नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा चलेको गोली लागेर आफ्ना कार्यकर्ता घाईते भएपछि अनिश्चित यातायात बन्द गरेका थिए । सरकारसँग भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति पश्चात बन्द फिर्ता लिएका थिए । तर आफूहरूले हिजो साँझसम्मको अल्टिमेटम दिँदा समेत बेवास्ता गरेकाले सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको नो केबलकार समुहको भनाई छ ।

प्रकाशित मिति : 6:10 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका