केबलकार निर्माण विरुद्धमा आन्दोलनरत पक्षद्वारा सङ्घर्षका कार्यक्रम सार्वजनिक



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण विरुद्धको आन्दोलनरत पक्षले सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । सरकारले आफ्नो प्रतिवद्धता कायम गर्न नसकेको र वार्ताका लागि वातावरण बनाउन नसकेको भन्दै थप सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै माघ २९ गते देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैँक सहित आइएमई समुहलाई कोशी प्रदेश लगायत देशविदेशमा बहिष्कार गरिने जनाइएको छ । फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, फुङ्लिङ नगरपालिका कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सबैमा आग्रह सँगै काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै केबलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घ सरकारलाई विरोध पत्र पठाउने प्रर्दशन गर्ने र विदेश स्थित दुतावासबाट विरोध पठाउने र अनिश्चितकालीन यातायात बन्द र आमहडताल गरिने जनाइएको छ । 

गत माघ २२ गते भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति भएपनि कार्यन्वयन नभएकाले मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गरेका थिए । पुन दोश्रो पटक वार्ताका लागि हिजो बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । आफ्ना मागहरू राजनीतिक तवरका भएकाले कर्मचारीबाट कार्यन्वयन नहुने निश्चित भएको ठहर गर्दै मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गर्दा पनि पुरा नभएकाले सडकमा जान बाध्य भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा चलेको गोली लागेर आफ्ना कार्यकर्ता घाईते भएपछि अनिश्चित यातायात बन्द गरेका थिए । सरकारसँग भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति पश्चात बन्द फिर्ता लिएका थिए । तर आफूहरूले हिजो साँझसम्मको अल्टिमेटम दिँदा समेत बेवास्ता गरेकाले सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको नो केबलकार समुहको भनाई छ ।

प्रकाशित मिति : 5:33 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ