कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक



ताप्लेजुङ ।  आगामी बैशाखमा मनाउन लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले सोमबार सदरमुकाम फुङ्लिङ्मा पत्रकार सम्मेलनको आयोजना गर्दै आधिकारिक लोगो सार्वजनिक गरेको हो ।

कञ्चनजङ्घा हिमाल सफल आरोहण गरेको ७० औं वर्ष पुगेको अवसरमा २०८२ साल बैशाख ५, ६ र ७ गते फक्ताङ्लुङ गाउँपालिकाको लेलेपमा आयोजित महोत्सवको लोगो सार्वजनिक गरिएको छ । लोगोमा कञ्चनजङ्घा हिमालमा एक जना पर्यटकले आरोहण गर्दै गरेको दृश्यलाई समेटिएको छ । 

यस्तै लोगोमा ७० औं वर्ष पुगेको अवधिलाई उल्लेख गरिएको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिकद्वय जर्ज बेण्ड र जय ब्राउनले सर्वप्रथम ८ हजार ५ सय ८६ मिटरको कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका थिए । जिल्लाको पर्यटन विकास सँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यावरणीय पर्यटकीय क्षेत्रको रुपमा प्रवर्द्धन गरि पर्यटकको सङ्ख्या वृद्धि गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो । 

महोत्सवमा हिमाल आरोहण गर्ने व्यक्ति तथा परिवारलाई समेत निमन्त्रणा गरि कञ्चनजङ्घाको विषयमा विज्ञ टोलीबाट प्रस्तुतिकरण, संरक्षण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको फोटो तथा भिडियो प्रदर्शन, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने कार्यालयले जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि कुल ७२ लाख ६१ हजार बढी खर्च लाग्ने कार्यालयको अनुमान रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार १७:२६

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक

शीतल निवास वार्ता : बिहान ९ बजे पुनः बस्ने गरी स्थगित

ताप्लेजुङ, भदौ २७ गते । शीतल निवासमा अन्तरिम सरकार गठन

मैवाखोलामा सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु

ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा सौचालयको सेफ्टी ट्याङकीको खाल्डोमा परि