कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक



ताप्लेजुङ ।  आगामी बैशाखमा मनाउन लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले सोमबार सदरमुकाम फुङ्लिङ्मा पत्रकार सम्मेलनको आयोजना गर्दै आधिकारिक लोगो सार्वजनिक गरेको हो ।

कञ्चनजङ्घा हिमाल सफल आरोहण गरेको ७० औं वर्ष पुगेको अवसरमा २०८२ साल बैशाख ५, ६ र ७ गते फक्ताङ्लुङ गाउँपालिकाको लेलेपमा आयोजित महोत्सवको लोगो सार्वजनिक गरिएको छ । लोगोमा कञ्चनजङ्घा हिमालमा एक जना पर्यटकले आरोहण गर्दै गरेको दृश्यलाई समेटिएको छ । 

यस्तै लोगोमा ७० औं वर्ष पुगेको अवधिलाई उल्लेख गरिएको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिकद्वय जर्ज बेण्ड र जय ब्राउनले सर्वप्रथम ८ हजार ५ सय ८६ मिटरको कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका थिए । जिल्लाको पर्यटन विकास सँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यावरणीय पर्यटकीय क्षेत्रको रुपमा प्रवर्द्धन गरि पर्यटकको सङ्ख्या वृद्धि गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो । 

महोत्सवमा हिमाल आरोहण गर्ने व्यक्ति तथा परिवारलाई समेत निमन्त्रणा गरि कञ्चनजङ्घाको विषयमा विज्ञ टोलीबाट प्रस्तुतिकरण, संरक्षण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको फोटो तथा भिडियो प्रदर्शन, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने कार्यालयले जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि कुल ७२ लाख ६१ हजार बढी खर्च लाग्ने कार्यालयको अनुमान रहेको छ ।

प्रकाशित मिति : 5:26 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका